कलैया बाटै देवतालवासीलाई नापी तथा मालपोतको सेवा दिलाउन जुन सुकै मुल्य चुकाउन वडाध्यक्ष सिंह तयार

वीरगंज –बाराको सदरमुकाम कलैया बाट देवतालबासिले पाउदै आएका प्रशासनिक सेवा अब बारा कै सिम्रौनगढ बाट पाउने भएपछि देवतालका नागरिकहरु अहिले आक्रोसित भएका छन ।

आक्रोशित भएका देवतालवासी आफ्ना जनप्रतिनिधिलाई बोलाएर छलफल गरेकाछन । उनीहरुले देवताल गाउँपालिकाका वडा नम्बर १,४ र ५ का वडाध्यक्ष अरुण सिंह, ललन यादव र सुरेश साहलाइ बोलाएर छलफल गरेका हुन ।

स्थानीय जनताहरुले हामिले तपाइँहरुलाई आफ्ना अमुल्य मत दिएर जिताएको भएकाले तपाईहरु संग आवश्यक छलफल गरी उक्त प्रशासनिक कार्यालय जस्तै नापी कार्यालय तथा मालपोत बाट प्रवाह हुदै एको सेवा हाम्रा लागी यथावत राख्न आफ्ना जनप्रतिनिधि समक्ष आग्रह गरेका छन ।

स्थानीय जनताको कुरा सेन पश्चात वडा नम्बर १ का वडाध्यक्ष अरुण कुमार सिंहले देवतालवासी लाई बाराको कलैया सदरमुकाम बाटै नापी तथा मालपोतको सेवा दिलाउन जुन सुकै मुल्य चुकाउन तयार रहेको बताउनुभयो ।

वडाध्यक्ष सिंहके आफ्ना जनताको लागी हदसम्म प्रयास गरी उक्त सेवा कलैया बाट नौ दिलाउन सम्पूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । वडाध्यक्ष सिंहसहित वडाध्यक्षहरु ललन यादव र सुरेश साह पनि देवतालबासीको सहजताको लागी हातोमालो गरेर अगाडी बढ्दै मालपोत र नापीको सेवा कलैयाबाट दिलाउन प्रयास गर्ने बताउनुभएको छ  ।