कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्माले नियुक्त हुनुभएकाे छ ।
माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा एकीकृत समाजवादीका एक जना गरी २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे । उहाँलाई आज बुधवार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।
कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन् । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई वर्षका दरले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
माओवादी पोलिटब्युराे सदस्य शर्मा गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा रुकुम पश्चिम प्रदेश सभा (ख) बाट निर्वाचित हुनुभएकाे हाे ।