नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरुको रिहाइलाई पहिलो सर्तका रुपमा अगाडि सारेको छ ।