ओलीले राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति गर्ने निर्णय गरेसँगै एमालेको उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुन नसक्ने भएको भन्दै समाजवादीका अध्यक्ष नेपाललाई अघि सारेको कुरा आइरहेको छ।
राष्ट्रपतिमा समाजवादीका अध्यक्ष नेपाललाई बनाएर एकीकृत समाजवादी पार्टीलाई एमालेमा समाहित गर्ने दुवै नेताहरुबीच आइतबार राति सहमति भएको अध्यक्ष ओली निकट स्रोतले जनाएको छ। ओलीले समाजवादीका अध्यक्ष नेपाललाई अघि सार्दा कांग्रेसले पनि सघाउने र एमालेलाई पनि फाइदा हुने अस्त्रअघि सारेको माओवादी नेताहरुको बुझाइ रहेको छ।