नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको जिकिर गरेका छन् । शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले भने, ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै ।’
उनले नेपाली कांग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसकेर अरुको सहारा खोजिरहेको बताए । कांग्रेसले लोकतन्त्रलाई गलत दिशामा लैजान खोजिरहेको उनको आरोप थियो । ‘प्रतिष्पर्धा भनेको लोकतन्त्र हो तर देशलाई द्वन्द्व र दुस्मनीतर्फ लगिरहेको छ,’ उनले भने, ‘यसमा विदेशी शक्तिले खेल्न सक्छन् ।’