शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज जावलाखेल युथ क्लब र एएफसी खुमलटार तथा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् ।
एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा मैदानमा हुनेछ ।
दिउँसो ३ बजे हुने खेलमा जावलाखेल युथ क्लब र एएफसी खुमलटार खेल्नेछन् । यो खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
यस्तै, दिउँसो ४ बजे नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब दशरथ रङ्गशालामा खेल्नेछन् ।