
ए डिभिजन लिगमा पाँच विदेशी अनुबन्ध गर्न पाइने
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले अनुबन्ध गर्न पाउने विदेशी खेलाडीको संख्या बढाएको छ । यसअघि चारजना विदेशी राख्न पाउनेमा अब क्लबहरुले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
पाँच विदेशीमध्ये एक जना एसियाली र एक जना दक्षिण एसियाली खेलाडी हुनैपर्ने व्यवस्था छ । ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिगको पहिलो खेल ललितपुरे क्लबहरु फ्रेण्ड्स र खुमलटार एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
एन्फाले चैत ४ गतेसम्म सुरुवाती पाँच चरणको मात्र खेलतालिका सार्वजनिक गरेको छ । तीन दर्जन खेलाडी विदेश पलायन भएपछि क्लबहरु स्तरीय खेलाडी अभावमा समस्यामा परेका थिए । पाँच खेलाडी राख्न पाउने नियमबाट उनीहरुले राहत महशुस गरेका छन् ।