एसीसी प्रिमियर कप : कुवेतले सिङ्गापुरलाई हरायाे, सेमिफाइनल पुग्ने सम्भावना कायमै

एसीसी मेन्स प्रिमियर कपमा कुवेतले सिङ्गापुरलाई हराएकाे छ । आज मङ्गलवार भएकाे खेलमा कुवेतले सिङ्गापुरलाई ४ विकेटले हरायाे ।

सिङ्गापुरले दिएकाे १ सय १४ रनकाे लक्ष्य कुवेतले २६ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । कुवेतका अदनान इदरेसले ३८ र मीत भावसरले नटआउट २७ रन बनाए । सिङ्गापुरका विनाेथ वसकरन र अक्षय पुरीले २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेकाे सिङ्गापुर ३१ ओभर ४ बलमा १ सय १३ रन बनायाे । सिङ्गापुरका अमर्त्य काैलले ४५ र मनप्रीत सिंहले २८ रन बनाए । कुवेतका माेहम्मद असलामले ५ र शिराज खानले ३ विकेट लिए ।

याे जितसँगै समूह ‘बी’ मा रहेकाे कुवेत ३ खेलमा ४ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियाे बनाएकाे छ । सिङ्गापुर भने ४ खेलमा अङ्कविहीन हुँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ । याे समूहमा हङकङ ३ खेलमा ५ अङ्कसहित शीर्ष स्थानमा रहँदा यूएई ३ खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा छ ।

कुवेतले अन्तिम खेलमा बिहीवार हङकङसँग खेल्नेछ । मुलपानी मैदानमा हुने खेलमा विजयी भएमा कुवेत सेमिफाइनलमा पुग्नेछ भने हारेमा वा अङ्क बाँडेमा प्रतियाेगिताबाट बाहिरिनेछ ।

समूह ‘ए’ बाट नेपाल ३ खेलमा ५ अङ्कका साथ १ खेलअघि नै सेमिफाइनलमा पुगिसकेकाे छ । याे समूहबाट ओमान र साउदी अरेबियाबीचकाे विजेता दाेस्राे टाेलीकाे रूपमा सेमिफाइनलमा पुग्नेछ । ओमान ३ खेलमा ४ अङ्कसहित दाेस्राे र साउदी अरेबिया ३ खेलमा ३ अङ्कसहित तेस्राे स्थानमा छ ।

एसीसी प्रिमियर कपको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।