राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार चैत १७ मा सुरु हुने एसईई चैत २९ गते सकिनेछ। नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ ।