एमाले महासचिव माओवादीबाट र माओवादी महासचिव एमालेबाट पराजित

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ।

यस्तै लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउँदै एमाले सचिव गुरुङ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । विजयी पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गनुभयो । माओवादीका देव गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याउनुभयो ।

२०७४ सालको चुनावमा बाम गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादीले धेरै ठाउँमा कांग्रेसलाई पराजित गरेका थिए । यसपटक माओवादी कांग्रेस गठबन्धनसँग र एमाले विपक्षीमा उभिँदा दुवै दललाई घाटा लागेको छ ।