जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको हो । त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हात हालाहाल भएको थियो ।
एमाले धादिङ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको हो । शनिबार बन्दसत्रको सुरु भएदेखिनै परिस्थति असहज बनेको थियो ।
उता नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताउनु भएको छ । बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष त्रिपाठीले पनि विज्ञप्ति निकालेर अधिवेशन स्थगित नभएको बताउनु भएको हो ।
