पर्सा क्षेत्र नं. ३ मा नेकपा एमाले र जसपा नेपालको चुनावी रणनीतिअन्तर्गत संयुक्त बैठक बसेको छ ।
पर्सा क्षेत्र नं. ३ (ख) पोखरियामा बसेको बैठकले एमाले जसपाका साझा उम्मेदवारलाई जिताउनेबारेमा रणनीति तयार पारेको बैठकका एक सहभागीले बताए ।
सो बैठकमा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार राजकुमार गुप्ताले चुनावी तालमेलको भावनाअनुसार निर्वाचन क्षेत्रका सबै उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने प्रतिबद्धता प्रकट गरे ।
तालमेलभित्र कुनै अलमल नरहेको भन्दै उनले पर्सा ३ (ख) बाट जसपाबाट चुनावी मैदानमा रहेकी डा. मधु गुप्ता कुर्मीलाई जिताउन पार्टीका स्थानीय नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
डा. मधु गुप्ता कर्मीले चुनावी तालमेलको भावनाअुनसार दुवै दलका नेता कार्यकर्ताले एकअर्कालाई सघाउने बताइन् । पर्सामा जसपा एमालेका साझा उम्मेदवारको जीत नै पर्साबासीको विकास र समृद्धिको जीत भएको भनाइ उनको थियो ।