एमाले उम्मेदवार जालिम मियाविरुद्ध कांग्रेसले दियो उजुरी

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । उनले निर्वाचन आचार संहिता विपरित पहाडी समुदायलाई लक्षित गरेर गाली गलौज गरेकोले कानुन बमोजिम कारबाही गर्न माग गरेका हुन् ।

पहाडी समुदायलाई गाली गरेको भिडियो क्लिप सहित आयोगमा उजुरी गरिएको कांग्रेसका नेता राकेश यादवले जानकारी दिए । मियाको अभिव्यक्तिको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको उनले बताए ।
Share your love