एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने

नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको एमालेको सचिवालय बैठकले बाढी पहिरो पीडितका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गर्नुभएको छ ।

बैठकले एमालेका सांसदहरूले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।