एमालेको दुर्भाग्य-पर्सा ३ बाट मधेश प्रदेशमा समानुपातिकतर्फ कोहि परेन्न

वीरगंज – हालै सम्पन्न निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट मधेश प्रदेश सभा सदस्यमा समानुपातिकबाट सिफारिस भएका  नेकपा एमालेका नेताहरु नपर्नु एमालेको दुर्भाग्य रहेको स्थानीय जनताले बताएका छन ।

पर्सा क्षेत्र नम्बर ३ मा पर्ने बहुदरमाई नगरपालिका वडा ९ बिश्रामपूरका स्थानीय श्याम कुमार कुश्वाहले प्रदेशमा प्रत्यक्ष तर्फ आफ्ना प्रतिनिधित्व गर्ने अधिकार गुमाएका एमाले समानुपातिकमा समेत आफ्ना प्रतिनिधि छनोट गर्न नसक्नु यी पार्टीको दुर्भाग्य रहेको टिप्पणी गर्नुभयो ।

तेजप्रसाद निषाद सल्मा खातुनको नाउ नेकपा एमालेले मधेश प्रदेश सभा सदस्यको लागी नाम सिफारिस गरेको थियो । तर अन्तिममा गएर यी दुवैजनाको नाम समानुपातिक सुचिबाट एमाले हटाईदिएको हो ।