उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् ।
मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा उनले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय बस्तुको उपयोग गराउने काममा तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने धारणा राखिन् ।