काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा ४ वटा टिपर एक आपसमा ठोक्किएका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आइरहेका ती टिपर आपसमा ठक्कर खाएका हुन् ।
एकै दिशाबाट आएका बा ५ ख ४५७०, प्रदेश ३–०१–००६ ख १०७२, बा ३ ख ३९२७ र ना ८ ख २९१९ नम्बरको टिपर आपसमा ठोक्किएका हुन् । घाइते एक सवारी चालकलाई उद्धार गरेर साँखुमा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको छ ।