एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग पराजित

 १७ वर्षमुनिको महिला एसियन कप फुटबल छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ  ।

गएराति जोर्डनको प्रिन्स मोहम्मद स्टेडियममा भएको  खेलमा नेपाल इरानसँग १–० गोलले पराजित भएको हो । इरानका एरिसा कुह गार्डले ८१औँ मिनेटमा निर्णायक गोल गरिन् । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि शुक्रवार जोर्डनसँग खेल्नेछ ।

समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।