रहेको समयमा बलवा नगरपालिकाको पूर्व मेयर तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विनोद यादवले आफ्नै पार्टीका जिल्ला कार्य समिति सदस्य ममता महतोलाई पार्टीको बैठक स्थलमै दुर्व्यवहार गरेका हुन् ।
महोत्तरीको लोहारपट्टीमा पर्ने शिवचन्द्र भवनमा क्षेत्र नम्बर २ (क) प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति बैठकमै नेता महतोले प्रदेशसभाको समानुपातिकतर्फ आफ्नो उम्मेदवारी दिनुभएकाे थियाे । त्यसपछि पूर्वमेयर यादवले नेत्री महतोलाई ‘किन उम्मेदवारी दिएको ?’ भन्दै गाली गरेकाे र अपमानजनक शब्द प्रयोग गर्दै पूर्व मेयर यादवले कुट्न आएका पीडित नेत्री महतोकाे भनाइ छ । उहाँका अनुसार विवादपछि बैठक स्थगित भएको थियाे ।
यस्तै २०७४ र २०७९ मा सम्पन्न पालिका तहको चुनावका बेला बलवा नगरपालिकाको उपमेयर पदमा पार्टीले दिएको टिकट पूर्व मेयर यादवको समूहले बाटैबाट खोसेको नेतृ महतोकाे आराेप छ ।