वीरगंज –वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमले आज आईतबार नेपाल रेल्वे माध्यमिक विद्यालयको स्थलगत अनुगमन गर्नुभएको छ ।
अनुगमनको क्रममा उप-प्रमुख आलमले विद्यार्थी संग विद्यालयमा भएका समस्याको बारेमा जानकरी लिनुभएको थियो ।
त्यसक्रममा विद्यार्थीहरुले उप-प्रमुख आलम संग बिद्यालयमा शैशिक र भौतिक समस्या रहेको बताएका थिए भने शिक्षकहरु समयमा नआउने गरेको गुनासो समेत गरेका थिए ।
विद्यार्थीका कुरा सुनेपछि उप-प्रमुख आलमले विद्यालयमा देखिएको भौतिक तथा शैक्षिक समस्या तत्काल सुधार गर्न विद्यालय प्रसाशनलाई निर्देशन दिनुभयो ।
उहाले विद्यालय समयमा नआउने शिक्षकलाई कारवाही गर्न समेत विद्यालय प्रशासनलाई निर्देशन दिनुभएको हो ।