अभियानको स्मरणपत्रमा संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपतिमा पुरूष हुने निश्चित् भएकाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्र हुन पाउनुपर्ने जिकिर गर्नुभयो ।
सो अवसरमा प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतपरिणाम प्राप्त भई विजयी उम्मेदवारले प्रमाणपत्र पाइसकेपछि उपराष्ट्रपतिको उम्मेदवारको योग्यता आयोगले निर्णय गर्ने क्रममा उक्त मागपत्र सहयोगी हुने बताउनुभयो । उपराष्ट्रपति निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।