मिर्गाैलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि इण्डोनेसियाका २० प्रान्तमा सबै तरल औषधिको प्रयोगमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले छ वर्षभन्दा कम उमेरका बालबालिकामा साउनको अन्त्यदेखि संक्रमण बढेकाले सबैखाले झोल औषधिको उपयोगमा अल्पकालीन प्रतिबन्ध लगाएको जानकारी दिनुभयो ।
भारतमा उत्पादन गरिएका चार प्रकारका खोकीका झोल औषधिले गाम्बियामा ७० बालबालिकाको मिर्गौलामा गम्भीर समस्या आउनुका साथै ज्यानसमेत गएको बताइएको छ ।
यता, इन्डोनेसियाको खाद्य तथा औषधि नियामक निकायले भारतीय औषधि देशमा दर्ता नभएका कारण त्यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले केही दिनअघि भारतमा उत्पादन भएका केही औषधि गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै प्रयाग गर्न रोक लगाएको थियो ।