इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले चेल्सीलाई हराएको छ । घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा लिभपुलले चेल्सीलाई ४–१ गोल अन्तरले हराएको हो । यो जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अङ्कको अग्रता बनाएको छ ।

लिभरपुलले २२ खेलमा ५१ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । यसैबीच इंग्लिस प्रिमियर लिग फुटबलमा हिजै भएको अर्को खेलमा टोटनह्यामले ब्रेटफोर्टलाई ३–२ गोल अन्तरले  र म्यान्चेस्टर सीटीले बर्नलीलाई ३–१ गोलले हराएका छन् ।

 

Share your love