इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई हराएको छ । क्रिष्टल प्यालेसको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी ३–१ ले विजयी भएको हो ।
अङ्क तालिकामा चेल्सी २४ खेलमा ३४ अङ्क सहित दशौँ स्थानमा छ भने क्रिस्टल प्यालेस समान खेलमा २४ अङ्क सहित तालिकाको पन्ध्रौ स्थानमा छ । पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलमा ५४ अङ्क छ ।