ललितपुरको चापागाउँमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुई वटा मूर्ति चोरी भएको छ ।
चापागाउँमा रहेको पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको त्यहाँका श्रीधर श्रेष्ठले जानकारी दिनुभयो ।
चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि गएको १७ गते पनि मूर्ति चोरी भएको थियो । चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ ।
बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा त्यहाँका नागरिकले भेट्टाएका हुन् ।
यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।