आज सुनको भाउ बढ्यो : चाँदीको यथावत

सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १८ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।