वीरगंज -जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको कर्फ्यु आज बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खुला गरेको छ ।
सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै कर्फ्यू आदेश ५ घण्टाका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुषालले जानकारी दिनुभयो ।
त्यसपछि फेरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेश रहने प्रमुख जिल्ला अधिकारि भुषालले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
गत फागुन ३ गते बिहिबार रौतहटमा सरस्वतीको मूर्ति विसर्जनको क्रममा भएको विवादलाई लिएर वीरगञ्जमा सोमबार बजार बन्दको आह्वान गरिएको थियो।
सोक्रममा दुई पक्षबीच विवाद र झडपसमेत भएको थियो । त्यसपछि अनिश्चितकालीन कार्फ्यु जारि गरिएको थियो ।