वीरगंज- तराई मधेशमा श्रद्धा र निष्ठापूर्वक मनाईने वसन्ती छठ अर्थात चैती छठको आज तेस्रो दिन खरना विधि गरी मनाईदै छ । चैत्र शुक्ल पक्षकको चतुर्थी तिथि हिजो शनिबारबाट नुहाए खाए विधिबाट सुरु छठ पर्व सुरु भएको हो ।
छठ पर्वको भोलि मुख्य दिन ब्रतालुहरु दिनभर उपबास रही साझ जलासयको घाटमा गई बासको चोयाले बनाईएको नाग्लोमा मिस्टान संगै झुपा झुपा फल , ठेकुवा , भुसुवा , अदुवा , उखु , मुला , बोडी , सुथ्नी लगायतका पूजाका सामग्री राखी अस्ताउदो सुर्यलाई अर्घ दिने गर्छन । यसलाई सझुवाको घाटे समेत भन्छन ।
त्यसैगरी छठ पर्वको अतिम दिन पर्सि सप्तमीको दिन बिहानै ब्रतालुहरुले उदाउदै गरेको सुर्यलाई अर्घ दिए संगै यो ब्रत सम्पन्न हुन्छ । यसलाई बिहनुवाको घाटे समेत भनिन्छ । छठपर्व बर्षमा दूई चोटी हुनेगर्छ एक शरद ऋतुभएको बेला कार्तिमा र अर्को वसन्त ऋतु भएको बेला चैत्रमा पनि हुन्छ । छठ पर्वले सम्पूर्ण मनोकामना पूर्ण हुने नज बिश्वास रहिआएको छ ।