दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । नेपालमा दलित तथा पछाडि पारिएका समुदायले यो दिवस मनाउँदै आएका छन् । जातीय विभेद उन्मूलन दिवस मनाउन थालेको दुई दशक पुग्दा विभेद उन्मूलनका लागि प्रभावकारी काम हुन नसकेको उनीहरुको गुनासो छ ।
दलित समुदायका व्यक्तिमाथि अझै पनि कुनै न कुनै रुपको विभेद भइरहेको अधिकारकर्मीहरुले बताउँदै आएका छन् । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् ।
वि.सं.२०६२/६३ सालको जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ साल जेष्ठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।
अहिले जातीय छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ पनि लागू भएको छ । नेपालको संविधान, २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरूद्धको हकलाई मौलिक हकका रूपमा राखिएको छ । जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन सम्बन्धी कायविधि, २०७३ पनि लागू भएको छ । तर यति धेरै कानुन बने पनि त्यसको कार्यान्वयन भने हुनै नसकेको अधिकारकर्मीहरुले बताएका छन् ।