वीरगंज – आम जनता जनता पार्टीका उपमहासचिवसहित आधा दर्जन नेताहरु नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (ख) का पूर्ब प्रदेश सभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहासहित केन्द्रीय सदस्य अरविन्द कुमार,संजय कुमार साह, सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
उहारुलाई एमले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ ।