आचारसंहिता उल्लङ्घन गर्ने ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो

निर्वाचन आयोगले आचारसंहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । गएराति गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा कीर्तिपुरका राजमान महर्जन, मीनबहादुर मानन्धर, शिवशरण महर्जन, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत रहेका छन् ।

पर्सि आइतवार हुने पालिका उपचुनावको मौन गएराति १२ बजेदेखि लागू भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने चुनावी प्रचारप्रसार निषेध अवधि गएराति १२ बजेदेखि शुरू भएको निर्वाचन आयोगले जनाएको छ । यसैबीच पर्सि आइतवार हुने चुनावको नतिजा मङ्गलवारभित्र आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

धेरै ठाउँमा सोमवार नै नतिजा सार्वजनिक हुने र ढिला भएमा पनि मङ्गलवारसम्म नतिजा सार्वजनिक भइसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । पालिकामा रिक्त रहेका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित ४१ वटा पदका लागि आइतवार मतदान हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *