आईपीएल क्रिकेटमा कोलकाताले बेङ्लाेरलाई २१ रनले हरायाे

 इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेङ्लाेरलाई हराएको छ ।

गएराति बेङ्लाेरकै घरेलु मैदानमा काेलकाता २१ रनले विजयी भयो । कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेङ्लाेरले ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५४ र महिपाल लोमरोरले ३४ रन बनाए ।

बलिङतर्फ कोलकाताका वरुण चक्रवर्तीले ३ तथा आन्द्रे रसेल र सुयश शर्माले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काेलकाताका लागि ज्यासन रोयले ५६ र नितिश राणाले ३८ रन बनाए । बलिङतर्फ बेङ्लाेरका विनिन्दु दी हसरंगा र विजयकुमार वयशकले २/२ विकेट लिए ।

बेङ्लाेर आठ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा र ६ अङ्क रहेको काेलकाता आठौँ स्थानमा छ ।

 

Share your love