आईपीएल क्रिकेटमा गएराति सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो । आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो ।