अलि र महतोको प्यानल स्ववियुको चुनावी प्रतिस्पर्धामा

पर्सा – चैत्र ५ गते देश लागेको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) चुनावको लागी वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट अध्यक्ष पदको लागी मो.सगीर अलि र सदस्य पदको लागी शिव लालमहतो नुनिया चुनावी प्रतिस्पर्धामा रहनुभएको छ  ।

मंगलबार मनोयन दर्ता भएसंगै उहाँहरुले आफ्ना एजेण्डा सहित प्रचार प्रसारलाई तिब्रता दिनुभएको छ । अध्यक्षका उम्मेदवार मो.सगीर अलिले आफु यही क्याम्पसमा पढ्ने गरेको हुदा यहाँको समस्या , विद्यार्थीको आवश्यकता थाह रहेको हुदा उक्त समस्या समाधान गरी आवश्यकता पुरा गर्नेको लागी चुनावी प्रतिस्पर्धामा उत्रेको बताउनुभयो ।

यसैगरी सदस्य पदका उम्मेदवार शिवलाल महतो नुनियाले क्याम्पस प्रति अनविज्ञ विद्यार्थीहरुलाई क्याम्पस प्रसाशनसंगको सिधा सम्पर्क स्थापित गर्ने र छात्राबासको समस्या सम्बोधन गर्ने लक्ष्यका साथ चुनाव लडी रहेको बताउनुभयो । क्याम्पसमा ई-लाईब्रेरीको स्थपना र प्रविधिसंग यहाको शिक्षालाई जोड्ने मेरो मुख्य काम हुने समेत शिवलाल महतो नुनियाले बताउनुभयो ।

उक्त प्यानलबाट ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु सभापति पदका लागी म.सगीर अलिले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सचिवमा रामबाबु प्रसाद यादव , कोषाध्यक्षमा चाँदनी कुमारी ठाकुरले मनोयन दर्ता गराउनुभएको हो  । यसैगरी सदस्य तर्फ आलोक चौरसिया , साहिद अन्सारी , शिवलाल महतो नुनिया , बृजेश यादव , सतारोधन पटेल , ज्योति पटेल , तैयव देवान , शिव पासवानको उम्मेदवारी दर्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *