अर्थतन्त्रलाई सुदृढ बनाउनु नै याे सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । उहाँले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको दाबी गर्नुभयो ।

आज नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगसँगै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन अब आउने मौद्रिक नीति कठोर नहुने पनि बताउनुभयो ।

‘देशको प्रधानमन्त्री बन्नका लागि मात्र म आएको होइन । समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसैले तपाईँहरूको आशा भरोसा हामीमाथि हुनैपर्छ ।’

छलफलमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल रहेकाे अर्थतन्त्रलाई उकास्न सरकारले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभयो । शिथिल रहेको अर्थतन्त्रलाई मौद्रिक नीतिमार्फत चलायमान बनाउनसक्नुपर्ने उहाँको भनाइ थियो ।