हार्वर्ड युनिभर्सिटीका प्रमुख लेखक लुकास भार्गास जेपेटेलोका अनुसार विश्वले एकसाथ कार्बन उत्सर्जन घटाउनेतर्फ काम गर्न नसक्ने हो भने अर्बौँको सङ्ख्यामा मानिसहरु खतरनाक तापक्रमको चपेटामा पर्नेछन् ।
जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी हुन थालेको र यसले मानव स्वास्थ्य, वन्यजन्तु र बालीनालीको उत्पादनलाई अहिलेदेखि नै खतरामा पारिरहेको अध्ययनको निष्कर्ष छ । अफ्रिका र भारत विशेष गरी जोखिममा रहेको पाइएको प्रतिवेदनलाई उल्लेख गरी समाचार संस्था एएफपीले जनाएको छ ।
‘कम्युनिकेशन अर्थ एन्ड इन्भाइरोमेन्ट जर्नल’ मा प्रकाशित अध्ययन प्रतिवेदनमामा अनुसन्धानकर्ताहरूले खतरनाक गर्मी र आर्द्रताकाे सम्भावित जोखिमको समेत अनुमान गरेका छन् ।
उनीहरुले ३९ दशमलव ४ डिग्री सेल्सियस तापक्रमलाई ‘खतरा’ भनेका छन् । त्यस्तै ५१ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई ‘अत्यन्तै खतरनाक’ र मानिसका लागि पूर्ण रूपमा असुरक्षित मानिएको छ।