अरिङ्गालले चिलेर एक जनाकाे ज्यान गयो

अरिङ्गालले चिलेर रोल्पामा एक जनाको ज्यान गएको छ ।

रोल्पा नगरपालिका–१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले चिलेर ज्यान गएको हो ।

हिजाे बेलुका घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले शरीरको विभिन्न भागमा चिल्दा उहाँ घाइते हुनुभएकाे थियाे ।

उहाँकाे रोल्पा अस्पताल रेउघामा उपचारका क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ

Share your love