अपांग युवती बलात्कृत

पीडित युवती राम्रोसँग बोल्न र हिँड्न सक्दिनन्। प्रहरीका अनुसार राईले युवतीलाई बोकेर टहरोमा लगेर बलात्कार गरेको हो। शनिबार राति भएको घटनाका बारेमा सोमबार मात्रै प्रहरीले जानकारी पाएको हो। घटना भएको दुई दिनपछि राईकाविरुद्ध परिवारका सदस्यले किटानी जाहेरी दिएपछि पक्राउ परेका हुन्। राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको अघि बढाएको प्रहरीले जनाएको छ।