अन्त्येष्टि अघि नेम्वाङको शवयात्रा

संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा गरिएकाे छ ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेकाे हाे । उहाँको निजी निवास बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्याइँदै छ ।

नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि हुँदैछ ।

 

अन्तिम अपडेट: भदौ २८, २०८०