नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर र केन्द्रीय समितिको लेटरप्याड दुरूपयोगबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लेटरप्याड र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरूपयोग पत्र आतंक गरिएकोमा नेविसंघले छानबिन गरी कारबाही गर्ने चेतावनी दिएको हो ।
‘विभिन्न पत्र सार्वजनिक भएका छन् ती पत्र आधिकारिक नभएको जानकारी गराइन्छ,’ उनले भनेका छन्। नेविसंघले बाँके अध्यक्ष उपेन्द्रबहादुर विष्ट, बर्दिया अध्यक्ष असीमविक्रम शाह, रूपन्देहीमा सन्दीप पाण्डे र कास्कीमा नसिब गुरूङ आधिकारिक भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।