बाजुरामा अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ। साँफे-मार्तडी सडकअन्तर्गत पर्ने द्वारी खोल्सामा शुक्रबार अटोबाट खस्दा बुढीगङ्गा नगरपालिका-२ बजेडीका ४० वर्षीय मोती विकको मृत्यु भएको हो।
मार्तडीबाट बल्दे आउँदै गरेको सु.प्र.प ०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाइते भएका विकको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नरजन बुढाले चलाइरहेको अटोबाट खसेर विक घाइते भएका हुन्। अहिले चालक बुढालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले जानकारी दिए।