मधेशमा माओवादीका २ र एकीकृत समाजवादीका १ जना मन्त्री बन्दै

मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका ने…

कोशीमा मुख्यमन्त्रीको छोराको व्रतबन्धले सर्‍याे संकल्प प्रस्तावमाथिको छलफल

कोशी प्रदेशसभाको बैठकमा आज नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव पेस हुँदैछ । आजको बैठकमा प्रस्ताव पेस भए पनि छलफल भने भोलिबाट सुरु गर्ने तयारी छ । मुख्यमन्त्री केदार कार्कीका २ छोरा साकेत र शाब्दिकको व्रतबन्ध आज भएका कारण प्रतिपक्षी दल संकल्प प्रस्तावमाथि छलफल एक दिन सार्न तय…

२३२ ग्राम खैरो हेरोइन र नाइट्राभेटसहित दुईजना पक्राउ

प्रहरीले २३२ ग्राम खैरो हेरोइन र ७४९ ट्याबलेट नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका-५ बस्‍ने ३५ वर्षीय राजु थाम्सुहाङ र काठमाडौंको गोकर्णेश्वर-५ जोरपाटी बस्‍ने २१ वर्षीय दिने सुनुवार रहेका छन् । गाम्सुहाङलाई ललितपुरको विशाल चोकबाट र सुनुवारलाई जोरपाटी…

कांग्रेसको विश्लेषण : इलाममा आफ्नो भोट बचाउन सके चुनाव जित्छौं

नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा आफ्नो मत बचाउन सके चुनाव जित्न सकिने आकलन गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विहीबार बिहानको छलफलमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले सो आकलन सुनाएका हुन् । उपसभापति खड्काले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा कां…

जनकपुरमा जलिरहेको युवतीको शव बरामद

जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर …

देश बनाउने युवा हुन्, सुहाङलाई जिताउनुस् : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गर्नुभएको छ । बुधबार इलामको मंगलवारे बजारमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले देश बनाउने संकल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले उसैलाई …

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए क्याप्सुल ३२ लाख र जुकाको औषधि करिव २९ लाख बालबालिकालाई खु…

शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ । मन्त्री श्रेष्ठले स्थानीय तह, शिक्षासेवी, अभिभावक लगायतका सरोकारवाला निकायको सहयोग बिना सबै बालबालिकाहरुलाई विद्यालयमा सहभागी गराउने र गुणस्तरीय शिक्षा दिने कुरा सम्भव नभए…

सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ३८ हजार छ सयमा रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ रहेको थियो । हिजोको भाउ अहिलेसम्मकै उच्च हो । चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । हिजो तो…

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिंदै

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बेलुका ५ बजे सकिंदैछ । सत्तारूढ गठबन्धनभित्र भएको छलफल अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको भए पनि एमालेले औपचारिकरुपमा समर्थन गरिसकेको छैन । एकीकृत समाजवादीले पहिलोपटक चैत …